भुपु विद्यार्थी मञ्च आनन्द ज्योतिको साधारणसभामा एवं हाजिरीजावाफ प्रतियोगिता सम्पन्न

पोखरा । भुपु विद्यार्थी मञ्च आनन्द ज्योति मावि पोखरा–३१ बेगनासको पाचौं बार्षिक साधारणसभा एवं हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । मञ्चले शनिबार साधारणसभाको अवसर पारेर मावि स्तरीय अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता गरेको हो ।

प्रतियोगितामा सुदर्शन रानाभाट, मनिस रानाभाट, मनिस सुनार र विद्या दाहालको रातो समूह प्रथम भएको छ भने सुदिप थापा, पवन कडेल, सन्ध्या तिवारी र बिपना सापकोटाको हरियो समूहले दित्तिय स्थान प्राप्त गरेको छ । कन्चन सुनार, अनुराधा अधिकारी, अमृत कंडेल र साजन तिवारीको निलो समूहले तृतीय स्थान हासिल गर्दा एलिना सापकोटा, सङ्गम परियार, सन्ध्या थापा र मिसन सुनारको पहेलो समुहले सान्त्वना स्थानमा चित्त बुझाएको छ ।

प्रथम, दित्तिय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीलाई मञ्चको तर्फबाट नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रममा यस विद्यालयबाट गत बर्षको एसईई परीक्षामा सर्वोकृष्ट अङ्क प्राप्त गर्ने संकल्प पौडेल र एसएलसी परीक्षामा सर्वोकृष्ट अङ्क प्राप्त गर्ने अनिष तिवारीलाई नगद र सम्मान पत्रले सम्मान गरिएको जनाइएको छ । सो अवसरमा मञ्चले सञ्चालन गर्ने गरी अक्षयकोष स्थापनाको लागि पुर्व सल्लाहकार एवं मञ्चका आजिवन सदस्य पदमराज पौडेलको तर्फबाट रु ३ लाख बराबरको चेक हस्तान्तरण भएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नम्बर –३१ का वडा सदस्य देबेन्द्रराज अधिकारीले भुपु विद्यार्थीको संस्थाले स्कुललाई केन्द्रमा राखेर आयोजना गरेको यस्तो कार्यक्रमले शैक्षिक सुधारका लागि भुमिका खेल्ने बताए । आगमी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दै उनले वडा कार्यलय मञ्चसंग सहकार्य गरेर काम गर्न तयार हुने प्रतिबद्धता जनाए । मञ्चका संस्थापक अध्यक्ष नवराज अधिकारीले संस्था जन्मनु मात्रै ठूलो कुरा नरहेको भन्दै यसलाई चलायमान बनाउन मुख्य चुनौती हुने बताए । नयाँ टिमले जिम्मेवारी लिए पनि आफू संस्थापक अध्यक्षको नाताले सधै साथमा हुने उनको प्रतिबद्धता छ ।

मञ्चका पुर्व सल्लाहकार एवं अक्षयकोष दाता पदमराज पौडेलले आफ्ना पालामा निकै अभाव र कम श्रोत साधनको बीचमा अध्ययन पूरा गरेको स्मरण गर्दै पौडेलले अहिले विद्यालयको भौतिक स्वरुपमा आएको सुधार जस्तै शैक्षिक गुणस्तरमा पनि सुधार आउने अपेक्षा गरेका छन् । आफ्नो तर्फबाट पनि शैक्षिक गुणस्तरमा टेवा पु¥याउन सकिन्छ कि भनेर मञ्चसंगको सहकार्यमा अक्षयकोषको स्थापना गरेको उनले बताए ।

प्रधानाध्यापक शिवराज अधिकारीले मञ्चले विद्यालयलाई केन्द्रीत गरेर समय–समयमा विभिन्न कार्यक्रम एवं सहयोग गर्दै आएको बताउदै आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिन आग्रह गरे । मञ्चका अध्यक्ष विकासप्रसाद कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य सन्तोष अधिकारी, विद्यालयका १०+२ कार्यक्रम संयोजक शिक्षक सत्यराज कडेल, विद्यार्थी मनिस रानाभाट लगायतले आफ्ना भनाइ राखेका छन् ।

उपाध्यक्ष सुशीला अधिकारी सिग्देलको स्वागत शुरु भएको कार्यक्रमको सञ्चालन सचिव कृष्णराज आचार्यले गरेका हुन् । साधारणसभाबाट अध्यक्ष कंडेल र कोषाध्यक्ष अर्जुन पौडेलले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।

You might also like

Comments are closed.