रक्तदान कार्यक्रम सम्पन्न

चितवन । चितवन अटोमोवाईल्स एसोसिएसनको ३२औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम भएको छ । रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका छन् । चितवन अटोमोवाइल्स एसोसिएसन र अटोमोवाइल्स बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा भरतपुर महानगरपालिका १० का वडाध्यक्ष परमेश्वर खनाल, अटोमोवाइल्स बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष भिमलाल न्युरे, चितवन अटो मेकानिकल व्यवसायी संघका अध्यक्ष रामबहादुर तिमिल्सिना, चितवन अटोमोवाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष राजन पिया, जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी निरिक्षक निलम तामाङ, ब्लड डोनर्स सोसाइटी चितवनका अध्यक्ष एकराज बुर्लाकोटी लगायत सहभागी थिए ।

चितवन अटोमोवाइल्स एसोसिएसनको अध्यक्ष कुलबहादुर क्षेत्रीले स्वागत गरेको कार्यक्रममा सहभागीलाई धन्यवाद अटोमोवाइल्स बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद काफ्लेले दिएका हुन् । एसोसिएसनका तृतिय उपाध्यक्ष देवीप्रसाद बरालले संयोजन गरेको कार्यक्रम संस्थाका सचिव मोहन केसीको सञ्चालनमा भएको हो ।

You might also like

Comments are closed.