काठमाडौं । सुनचाँदीको मूल्य बढेको छ । आजको सुनको मूल्य प्रतितोला रू ५ सय र चाँदी प्रतितोला रू १५ बढेको हो ।
आइतबार प्रतितोला रू १ लाख ७० हजार ३ सयमा कारोबार भएको सुन आज बढेर रू १ लाख ७० हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, आज चाँदी १ हजार ९८५ मा किनबेच हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ९४० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
Comments are closed.