काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । आज सुन प्रतितोला रु ५ सय बढेको हो । त्यसैगरी, चाँदी प्रतितोला रु १५ घटेको छ ।
सोमबार प्रतितोला रु १ लाख ७० हजार ८ सयमा किनबेच भएको सुनको सुन आज बढेर प्रतितोला रु १ लाख ७१ हजार ३ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी आज चाँदी प्रतितोला रु १ हजार ९७० मा कारोबार हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस २ हजार ९३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
Comments are closed.