लिटिल प्राइड अफ नेपालको उपाधि सिनियरतर्फ नभ्या र जुनियरतर्फ काव्यालाई

काठमाडौं । लिटिल प्राइड अफ नेपाल (नृत्य विधा) २०२५ को उपाधि यो वर्ष शिष्टता वल्र्ड स्कुलको छात्राहरु सिनियरतर्फ नभ्या कार्की र जुनियरतर्फ काव्या पौडेलले हात पारेका छन् । Public choice winne को उपाधि पनि काव्या पौडेलले नै हात पारेकी छिन् ।

त्यसैगरी 4th Runner up र Most popular winner को उपाधि जुनियरतर्फ शिष्टता वल्र्ड स्कुलकै युभरानी पराजुलीले जित्न सफल भइन् । त्यसैगरी सिनियर तर्फको 4th Runner up को टाइटल भने शिष्टताकै आयुना खड्काले हात पारेका छिन् । साथै सिनियरतर्फको श्रेया आले मगरले पनि उत्कृष्ट प्रस्तुती दिएर सबैको मन जितेकी थिइन् ।

कार्यक्रममा १८ विद्यालयका विद्यार्थीको सहभागीता रहेको बताइएको छ । एक महिनासम्म सञ्चालन भएको आधारभूत तालिममा नृत्य र गायनमा आफ्नो प्रतिभा प्रस्फुटन गर्ने विभिन्न कक्षाहरु सञ्चालन गरिएको थियो । शिष्टता वल्र्ड स्कुलका पाँचै जना सहभागी विद्यार्थीले निर्धक्क भएर निर्णायकको अगाडि आफ्नो प्रतिभा देखाएका छन् ।

विद्यार्थीले हरेक विधामा लगातार उपाधि जित्दा विद्यालय परिवार, अभिभावक तथा विद्यार्थी खुशी भएको विद्यालयका प्रिन्सिपल शर्मिला केसीले बताइन् ।

You might also like

Comments are closed.