सिद्धार्थ बुटिक होटल बौद्धमा ल्होसारको अवसरमा सांगीतिक कार्यक्रम हुँदै

काठमाडौं । बौद्ध धर्मावलम्बीको महत्वपूर्ण चाड ग्याल्पो ल्होसारको उपलक्ष्यमा सिद्धार्थ बुटिक होटल बौद्धले सांगीतिक कार्यक्रमको घोषणा गरेको छ । यहीँ फागुन १७ गते (शनिवार) दिउँसो ३ बजेदेखि ९ बजेसम्म सिद्धार्थ बुटिक होटल परिसर बौद्धमा हुने होटलका प्रवन्धक रविन अर्यालले जानकारी दिए ।

कार्यक्रममा विश्व दोङ, सुमिना लो, लाक्पा तेन्जी शेर्पा, पाल्मु शेर्पा, बालगायक लाक्पा डोमा शेर्पालगायतका कलाकारको प्रत्यक्ष प्रस्तुति रहनेछ । कार्यक्रममा सहभागीले डिजे नवाङको रोमाञ्चक डिजे सेसन, लोकल ब्याण्डको लाइभ ब्याण्ड प्रस्तुति र परम्परागत सांस्कृतिक घरानाहरुको मनमोहक सांस्कृतिक नृत्यको पनि मजा लिन सक्नेछन् ।

अर्यालका अनुसार एक हजारभन्दा बढी दर्शकको अपेक्षा गरिएको यो कार्यक्रम एक अविस्मरणीय सांस्कृतिक अनुभव हुनेछ । ग्याल्पो ल्होसारको उपलक्ष्यमा मनाइने यस कार्यक्रममा सबैलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । यसका साथै सशुल्क खाना तथा पेयका स्टल पनि उपलब्ध हुने बताइएको छ ।

संगीत, नृत्य र खानाका साथ रमाइलो माहोलमा ल्होसार मनाउन आयोजना गरिएको कार्यक्रमको मुख्य प्रायोजक गोर्खा बियर र प्रायोजक कोकाकोला रहेका छन् ।

You might also like

Comments are closed.