पोखरा । हिमालय एयलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्हासा उडान गर्ने भएको छ । एयरलाइन्सले चैतको १८ गते ल्हासाबाट पोखरा आउने र चैतको १९ गते पोखराबाट ल्हासा उडान गर्ने गरी घोषणा गरेको हो ।
त्यस अगाडी पोखराबाट सिचुवान एयरलाइन्सले पोखरा छेन्दु उडान गर्ने तयारी गरेको छ । यो पोखरा छुन्दु पोखरा हप्तामा एक दिन उठाउन तयारीमा छ । यस गन्तव्यमा चिनियाँ पर्यटक लक्षित गर्दै हिमालयले सिधा उडान गर्न लागेको जनाएको छ । कम्पनीले त्यस पछि सिधा उडानका लागि अन्य सेडुलहरु जानकारी दिने जनाएको छ ।
यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो नियमित उडान हुनेछ । यो विमानस्थल २०७९ पुस १७ गतेदेखि सञ्चालनमा आएको हो । तर पनि अन्तराष्ट्रिय तर्फ नियमीत उडान हुन सकेको छैन ।
Comments are closed.