सहकारी शिक्षा तथा बनभोज कार्यक्रम सम्पन्न

पोखरा । चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा १२ पुरानोधाराले सहकारी शिक्षा तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख अतिथि संस्थापक अध्यक्ष तथा संस्थाका संरक्षक नरेशबहादुर कार्कीले सहकारीका सदस्यलाई यस्ता सहकारी शिक्षा तालिमले सदस्यलाई सहकारी भनेको के हो भन्ने कुराको जानकारी हुने बताए ।

चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था कास्कीका राम्रा भनेर चिनिने सहकारीमध्ये उत्कृष्ट सहकारी रहेकाले सहकारीका सदस्यहरुले आफ्नै सहकारीमा आर्थिक कारोबार गरी संस्थालाई बलियो बनाउनुपर्ने उनी बताउँछन् ।

सहकारीका अध्यक्ष दिपक कार्कीले सहकारीको मुल्य, मान्यता अनुसार चापापानी सहकारी चलेको बताउदै सहकारीलाई अहिले थप व्यवस्थित रुपले सञ्चालन गरिएको बताए । कार्यक्रममा पोखरापत्र राष्ट्रिय दैनिकका सह–सम्पादक शोभाकान्त सिग्देलले चापापानी सहकारीले प्रगति गरेकोमा खुशी प्रकट गर्दै आगामी दिनमा अझ प्रगती गर्दे जाओस् भन्दै शुभकामना दिएका छन् ।

पोखरा १२ का वडा सदस्य शान्ती कोइरालाले आफु यस संस्थाको स्थापना कालदेखि नै आवद्ध भएको बताउँदै चापापानी सहकारीप्रति पोखरा १२ का जनता मात्र नभइकन पोखराभरीका जनताको विश्वास रहेको बताइन् । संस्थाका अध्यक्ष कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष श्यामप्रसाद साँखीले स्वागत गरेका थिए ।

व्यवस्थापक करुणा शाहीले सहकारीको हालसम्मको वित्तीय अवस्थाको बारेमा जानकारी दिइन् । कार्यक्रममा सहकारीका शिक्षा संयोजक मनोहरी पौडेलले सहकारीका सात सिद्वान्तबारे जानकारी दिएका छन् । कार्यक्रमको सञ्चालन सचिव इन्दिरा भण्डारी कोइरालाले गरेकी हुन् ।

You might also like

Comments are closed.