लेखनाथ । विकास, अनुशासन र गतिशीलता भन्ने नाराका साथ बेगनास युवा क्लवको आयोजनामा शुक्रबारबाट शुरु भएको तेश्रो बेगनास कपमा शनिबार ६ खेल सम्पन्न भएका छन ।
पहिलो खेलमा न्यू स्टार एफसीले शान्तिदिप युथ क्लवलाई ८ गोलको फराकिलो अन्तरले पराजित गरेको छ । जसमा शान्तिदिपका अन्जन मगरले मात्रै व्यक्तिगत ६ गोल गरे भने निश्चल जिसी र दिपेन गुरुङले एक एक गोल गरेका थिए । यस्तै दोश्रो खेलमा ब्ल्याक डाईमण्डले सम्सेर एण्ड सनम एफसीलाई २–० को गोल अन्तरले पराजित गरेको छ भने तेश्रो खेलमा आयोजक बेगनास क्लव निलोले घरेलु एफसीलाई ३–१ को अन्तरले हराएको छ ।
शनिबार नै सम्पन्न चौथो खेलमा एन डी कसमस जापानले आईडिओ कास्कीलाई २–१ को अन्तरले पराजित गरेको छ भने पाँचौं खेलमा मिक्की एफसी ले नौलो तारालाई ३–० को अन्तरले पराजित गरेको छ । विनोद मेमोरियल र खरबारी एफसी विच भएको अन्तिम खेलमा ३–० को अन्तरले विनोद मेमोरियलले जित हासिल गरेको छ । प्रतियोगितामा विनोद मेमोरियलका अनुज भण्डारीले ह्याट्रिक गरेका गरेका थिए ।
फागुन २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा करिव २८ टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक विज्ञान कोईरालाले जानकारी दिएका छन् । प्रतियोगिता सञ्चालन गर्न रु ९ लाख ५० हजार खर्च लाग्नेछ भने करिव १० लाख आम्दानी हुने र खर्च कटाएर ५० हजार बचत हुने अनुमान गरिएको छ । प्रतियोगिताबाट वचत हुने रकमबाट खेल मैदान मर्मत, क्लवका सदस्यको क्षमता अभिवृद्धि तथा स्थानिय पर्यटन प्रवद्र्धन गर्न खर्च गरिनेछ ।
प्रतियोगितामा पोखरा महानगरपालिका वडा नं ३१ को कार्यालय संरक्षकको रुपमा रहेको छ भने सहयोगी संस्थामा पोखरा महानगरपालिका वडा नं ७, ८, ९, १२, १३, २६ र ३० को कार्यालय, एन्फा कास्की, लेखनाथ उद्योग वाणिज्य संघ, आदर्श युवा क्लव रहेका छन् ।
Comments are closed.