सतुंगलमा कजारियाको नयाँ सोरुम उद्घाटन

काठमाडौं । कजारियाले काठमाडौंको सतुंगलमा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ । साई इन्टरप्राइजेजद्वारा सञ्चालित यो सोरुमले उच्च गुणस्तरका टायलको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ ।

उद्घाटन समारोहमा चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी र चन्द्रागिरी नगरपालिका वडा नं. ११ का वडाध्यक्ष नरेद्रराज श्रेष्ठ लगायत सहभागी थिए । नगर प्रमुख गिरी र वडाध्यक्ष श्रेष्ठले रिबन काटेर शोरुम विस्तारको आरम्भ गरेका छन् । कजारियाको राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंहले काठमाडौं कजारियाका लागि एक प्रमुख बजार रहिआएको बताएका छन् ।

काठमाडौंको महत्वपूर्ण क्षेत्र रहेको यो नयाँ सोरुमले प्रिमियम टायलको विस्तृत संग्रह प्रदान गर्दछ, जसले ग्राहकलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्दछ । यसको विस्तारसँगै, कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिशनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीहरूको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदैछ ।

प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यो शोरुमको शुभारम्भ कजारियाको लागि महत्वपूर्ण उपलब्धि हो । रमेश कर्प र भारतको अग्रणी टायल उत्पादक कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजरिया रमेश टाइल्स लिमिटेडले नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरेको छ । नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले स्थानीय कच्चा पदार्थ प्रयोग गरी वार्षिक ५२ लाख वर्गमिटर टायल उत्पादन गर्नेछ ।

यो ४०० करोड नेपाली रुपैयाँ लगानीले अर्थतन्त्रलाई उकास्ने र सुलभ मूल्यमा विश्वस्तरीय कजारिया टाइल्स उपलब्ध गराउने लक्ष्य राखेको छ । यो प्लान्टले स्थानीय अर्थतन्त्रलाई उल्लेखनीय रूपमा बढावा दिनुका साथै हजारौं रोजगारीका अवसरहरू प्रदान गर्नेछ । स्थानीय समुदायको जीवनलाई समृद्ध बनाउनेछ र वृद्धि र विकासलाई बढावा दिनेछ ।

 

You might also like

Comments are closed.