काठमाडौं । अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि थप रू ३ अर्ब ८४ करोड निकासा गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासासम्बन्धी निर्णय गरेको उनको सचिवालयले जनाएको छ ।
निकासा भएको रकममा स्वास्थ्य बीमा बोर्डलाई रू ३ अर्ब, ज्येष्ठ नागरिकको उपचारलगायतका लागि रू ६० करोड र मुटु रोगका बिरामीलाई निःशुल्क उपचारका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई रू २४ करोड रहेको अर्थमन्त्रालयले जनाएको छ ।
Comments are closed.