काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ । आज प्रतितोला सुनको मूल्य रु ९ सय र चाँदीको मूल्य रु १० ले बढेको हो ।
मङ्गलबार प्रतितोला रु १ लाख ६९ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आजका लागि रु एक लाख ७० हजार ४ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला रु १ हजार ९५० मा किनबेच हुँदैछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस २ हजार ९११ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
Comments are closed.