पोखरा । ऐतिहासिक गण्डकी कोटिहोम महायज्ञका लागि भूमी पूजन कार्य शुक्रबार (भोलि) गरिने भएको छ । मानव सेवा फाउण्डेसन नेपाल कास्की शाखाद्वारा अगामी २०८२ वैशाख १७ देखि जेठ २६ गतेसम्म हुन लागेको ऐतिहासिक गण्डकी शत कुण्डिय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको लागि भूमी पूजन गर्न लागिएको हो ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति काठमाडौं नेपालले दिएको शुभ साइत अनुसार शुक्रबार बिहान १० बजेर २१ मिनेटमा कोटिहोम महायज्ञको लागि पूर्व मोहडा गरी भूमी पूजन गरिने तयारी भइरहेको कोटिहोम महायज्ञका सङ्कल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजले जानकारी दिएका छन् ।
भूमी पूजन कोटिहोम महायज्ञ स्थल वाराहीघाट लेकसाइडमा गरिने उनले बताए । कोटिहोम विराट ज्ञान महायज्ञ पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुनेछ ।
Comments are closed.