नवनियुक्त इटालियन राजदुत र नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्षबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि नवनियुक्त इटालियन राजदुत एन्तोनियो बार्तोलीले नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष संजय अग्रवालसँग भेटवार्ता गरेका छन् । दुई देशबीच व्यापार, लगानी, पर्यटन तथा विकासलाई प्रवद्र्धन गर्ने सम्भावनाको बारेमा छलफल भएको छ ।

कोलकत्ताका लागि इटालीका मानार्थ महावाणिज्यदुत रिकार्डो डाल्ला कोस्टा, नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका मानार्थ संरक्षक राजेशकाजी श्रेष्ठ, नेपालका लागि इटालीकी मानार्थ महावाणिज्यदुत प्रतिमा राणा पाँडे तथा नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका बोर्ड सदस्य लगायत सहभागी थिए ।

द्विपक्षीय व्यापार प्रवद्र्धन, व्यवसायिक सञ्जाल विस्तार, तथा प्रमुख क्षेत्रहरूमा लगानी अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ । राजदुत एन्तोनियो बार्तोलीले पर्यटन, पूर्वाधार, तथा प्रविधि क्षेत्रमा नेपालसँगको आर्थिक सहकार्यलाई अझ सशक्त बनाउने इटाली सरकारको प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष संजय अग्रवालले नेपाल र इटालीबीच व्यापारिक समुदायलाई जोड्ने तथा पारस्परिक लाभदायक साझेदारीहरू प्रवद्र्धन गर्ने बताएका छन् ।

बैठक नेपाल र इटालीबीचको सम्बन्धलाई आगामी वर्षमा रणनीतिक पहलहरू तथा सहकार्य कार्यक्रममार्फत थप सुदृढ गर्ने साझा प्रतिबद्धताका साथ सम्पन्न भएको छ ।

You might also like

Comments are closed.