विशेषज्ञसँग अन्तर्क्रिया र मनोरञ्जनात्मक गतिविधिसहित मेगा सर्भिस क्याम्प सम्पन्न

काठमाडौं । रोयल इनफिल्ड नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले आयोजना गरेको पहिलो संस्करणको ‘मेगा सर्भिस क्याम्प २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ । क्याम्प रोयल इनफिल्डको सर्भिस सेन्टर बलकुमारी, ललितपुरमा मार्च ७ देखि मार्च ९ (फागुन २३–२५) सम्म आयोजना गरिएको हो ।

कार्यक्रमको औपचारिक उद्घघाटन अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले गरेका हुन् । तीन दिनसम्म सञ्चालन भएको यो क्याम्प रोयल इनफिल्ड राइडर एवं ग्राहकका लागि विशेष सेवा अफर, हेल्मेट सेफ्टीका बारेमा जानकारी, विशेषज्ञसँग अन्तरक्रिया र मनोरञ्जनात्मक गतिविधिसहित आयोजना गरिएको थियो ।

यस क्याम्पमा ग्राहकका लागि विभिन्न विशेष सर्भिस अफरहरू उपलब्ध गराइनुका साथै स्पेयर पाट्र्स, लुब्रिकेन्ट, र श्रम शुल्कमा १० प्रतिशत छुटको पनि व्यवस्था गरिएपछि ग्राहकले उत्साहित हुँदै सेवा लिए । सहभागीले ग्यारेन्टी उपहार, विशेष सर्भिसिङ छुट, लक्कि ड्र उपहार, रमाइला खेलहरू, विशेषज्ञसँग अन्तरक्रिया, छिटो मर्मत सेवा, फ्रि वास, बाइक एक्सचेन्ज सुविधा, बाइक फाइनान्स सुविधा र रोयल इनफिल्ड राइडरका लागि दिवा खनाको समेत व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

तीन दिनसम्म आयोजना भएको क्याम्पमा करिव दुई हजार भन्दा बढी सहभागी र ५ सय बढी मोटरसाइकलको सर्भिसिङ गरिएको छ । महिला राइडर तथा पूराना ग्राहकले समेत कार्यक्रममा उत्साहजनक सहभागिता जनाए । अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले यस्ता खालका कार्यक्रमले ग्राहक र कम्पनीबीचको सम्बन्ध बलियो बन्नुका साथै ग्राहकलाई सिधै कम्पनीका अधिकारीसँग अन्तरक्रिया गर्न अवसर प्रदान गर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा क्याम्प आयोजनाको प्रचार देखेपछि सहभागी भएर सर्भिस क्याम्पमा विशेषज्ञसँग अन्तरक्रिया, बाइकका पाट्र्स र मर्मत सम्बन्धी नयाँ कुरा सिक्ने अवसर पाएको प्रज्वल नेपाल बताउँछन् । प्रत्येक वर्ष नेपालभरी नै मेगा सर्भिस क्याम्प आयोजना गर्ने घोषणा गरिएको छ । आगामी वर्षमा अझ स्तरीय सेवा र ग्राहक संलग्नता प्रदान गरिने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

 

 

You might also like

Comments are closed.

Skip1