सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन प्रतितोला रु ५ सय र चाँदी प्रतितोला रु १५ ले घटेको हो ।

सोमबार प्रतितोला रू १ लाख ७० हजार ४ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु १ लाख ६९ हजार ९ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी, आज एक तोला चाँदी रु १ हजार ९७० मा किनबेच हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन २ हजार ८९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

 

You might also like

Comments are closed.