पोखरा । जुत्ता व्यवसायी संघ कास्कीको आठौं बार्षिक साधारण सभा सकिएको छ । संघका अध्यक्ष हेमकृष्ण श्रेष्ठको अध्यक्षतामा साधारण सभा भएको हो ।
पोखरा महानगरपालिका ८ का वडाध्यक्ष रूद्रनाथ बरालले एउटा व्यवसायीक संस्थाले आफ्ना सदस्यको हकहितको लागि धेरै राम्रो काम गरेकोमा बधाई दिदै आगामी दिनमा पनि संघले राम्रो कामलाई निरन्तरता दिनको लागि शुभकामना दिएका छन् ।
कार्यक्रममा जुत्ता व्यवसायी संघ कास्कीका अध्यक्ष हेमकृष्ण श्रेष्ठले संघका सम्पुर्ण सदस्यको सहयोगले आफ्नो पहिलो वर्षको कार्यकाकालमा दुर्घटना बिमा, स्वाथ्य उपचारमा छुट, रक्तदान लगायत धैरै नै राम्रा कामहरु भएको बताएका छन् । कार्यक्रममा नेपाल माइक्रो इन्सुरेन्स पोखरा सभागृहका शाखाका प्रमुख श्रीकृष्ण पौडेलले दुर्घटना बिमाको बारेमा व्यवसायीलाई जानकारी दिएका छन् ।
कार्यक्रममा संघका निर्वतमान अध्यक्ष, सस्थापक अध्यक्ष, संघका पुर्व अध्यक्ष एवं सल्लाहकार लगायतले आफ्ना धारणा राखेका छन् । पोखरा १८ मेथलाङमा भएको साधारण सभा कार्यक्रममा संघका सदस्य बीच रमाइलो वनभोज कार्यक्रम समेत गरिएको छ । कार्यक्रममा संघका उपाध्यक्ष लिलाम्बर सुबेदीले धन्यवाद दिएको कार्यक्रमको सञ्चालन संघका महासचिव मुक्तिप्रसाद पनेरुले गरेका हुन् ।
Comments are closed.