काठमाडौं । सिद्धार्थ बुटिक होटल र अर्बन क्रु इन्टरटेनमेन्टको आयोजनामा ग्रान्ड होली फिएस्टा, २०२५ आयोजना हुने भएको छ । यही फागुन २९ गते बिहीबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म बौद्धस्थित सिद्धार्थ बुटिक होटल परिसरमा ग्रान्ड होली फिएस्टा आयोजना हुने होटलका प्रबन्धक रविन अर्यालले बताए ।
अनिल सिंह र उनको ब्याण्डको पुनरागमन प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण रहने अर्बन क्रु इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक रिवाज श्रेष्ठले जानकारी दिए । कार्यक्रममा १२ सय भन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ । कार्यक्रममा हुक्का बोस, ज्योवन भोजु र प्रसन्न अधिकारीको रोमाञ्चक प्रस्तुति रहनेछ भने डिजे प्रेमको डिजे सेसन समेत रहनेछ ।
लाइभ संगीतका साथ लाइभ फूड स्टल र लाइभ बार काउन्टर तथा स्विमिङ पुलमा निःशुल्क पहुँच उपलब्ध हुनेछ । होली फिएस्टाको टिकट प्रि–बुकिङ इसेवा वालेटमा उपलब्ध छ कार्यक्रमको दिन प्रवेशद्वारमा समेत उपलब्ध हुनेछ ।
Comments are closed.