रामपुर (पाल्पा) । न्यायिक समिति संग प्रहरी साझेदारी कार्यक्रम रामपुर पाल्पामा सम्पन्न भएको छ । रामपुर नगरपालिका न्यायिक समितिको आयोजनामा वडा नं.६ विजयपुरमा मंगलबार कार्यक्रम सम्पन्न भएको हो ।
नगर प्रमुख रमणबहादुर थापाले सभ्य र सुसंस्कृत नगर निर्माणका लागि सबै सचेत हुन आवश्यक रहेको उल्लेख गर्दै पछिल्लो समय हरेक व्यक्तिमा नकारात्मक सोँच हावि भएका कारण विवाद लगायत अपराधिक घटना बढ्दै गएको बताएका छन् । साथै जनचेतना र नैतिक ज्ञानको कमीका कारण पछिल्लो समय अपराधिक घटना घटिरहेको नगर प्रमुख थापाको भनाइ छ । नगरपालिकाभित्र हुने विभिन्न विवादले नगरबासीलाई नै असर पु¥याउने भन्दै विवादलाई कानुनी रुपमा छलफलको माध्यमबाट समाधान गर्न आवश्यक रहेको उनले बताए ।
उपप्रमुख तथा न्यायीक समितिका संयोजक बालकुमारी थापाले विवादले समाजिक मेलमिलापलाई असर पार्ने बताइन् । नगरपालिकाभित्र भएका विभिन्न विवादलाई मेलमिलापको माध्यमबाट निरुपण गर्दै आएको भन्दै न्यायीक समितिको क्षेत्राधिकार भित्रका विवादलाई न्यायपूर्ण रुपमा निरुपण गर्दै आएको उनी बताउँछिन् ।वडा नं.६ का वडाध्यक्ष दिवाकर देवकोटाले मेलमिलाप सहितको शान्त समाज निर्माणका लागि सबै सजग हुन आवश्यक रहेको बताए ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाका प्रहरी निरिक्षक राम बहादुर नेपालीले विभिन्न अपराध,लागु औषध, सडक सुरक्षा, साईबर क्राईम, यसको कानुनी उपचारका विषयमा सहजीकरण गरेका हुन् । न्यायीक समिति सचिवालय सचिव पार्वती परियारले समितिको काम कर्तव्य र अधिकार लगाएतका विषयमा अभिमुखिकरण प्रदान गरेकी हुन् । उपप्रमुख तथा न्यायिक समितिका संयोजक थापाको अध्यक्षतामा भएको कार्यक्रम न्यायिक समिति सदस्य खेमराज अधिकारीको स्वागत र सञ्चालन न्यायीक समिति सचिवालय सचिव परियारले गरेकी हुन् ।
कार्यक्रमका अवसरमा लोकनाथ उपाध्याय रेग्मीद्वारा लिखित काव्यसंग्रह तिर्थाटन पुस्तक लोकार्पण गरिएको छ । साथै स्वर्गीय लोकनाथ उपाध्याय रेग्मीको स्मृतिमा स्थापित अक्षयकोषबाट शिक्षा क्षेत्रमा अतुलनीय योगदान पु¥याएको भन्दै रामतुलसी नमुना माविका प्रधानाध्यापक बालकृष्ण लम्साल र पत्रकारिता क्षेत्रमा अतुलनीय योगदान पु¥याएको भन्दै पत्रकार सीता डोटेललाई नगद सहित सम्मान गरिएको छ ।
Comments are closed.