विद्यार्थीसंग वित्तीय साक्षरता तथा वातावरण संरक्षण कार्यक्रम सञ्चालन

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले विद्यार्थीसंग वित्तीय साक्षरता तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको शंखरापुर नगरपालिका साँखुस्थित भगवती माध्यामिक विद्यालयमा कार्यक्रम गरिएको हो ।

युवा तथा विद्यार्थीमा वित्तीय सचेतना जगाउने, वातावरण सरक्षण गर्ने र ३ शुन्य (शुन्य खुद कार्वन उत्सर्जन, शुन्य गरिवी र शुन्य बेरोजगारी) अवधारणाको विकास गर्ने उद्धेश्यले शाखा कार्यालय साँखु, काठमाडौंले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो कार्यक्रम गरेको हो ।कार्यक्रममा संस्थाका नायब महाप्रवन्धक गोविन्द चापागाँईले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका हुन् भने प्रवन्धक सुमन श्रेष्ठले श्रोत व्यक्तिको रुपमा वित्तीय साक्षरता कार्यक्रम सम्बन्धमा सहजिकरण गरेका हुन् ।

अभिमुखीकरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अनुप श्रेष्ठ, उप–प्रधानाध्यापक संजीव श्रेष्ठ लगायत शिक्षकहरु, शाखा कार्यालयका कर्मचारी, विद्यार्थी, अभिभावक लगायत सहभागी थिए । स्वावलम्वन लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन बमोजिम नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न ईजाजत पत्र प्राप्त “घ” वर्गको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो ।

यस वित्तीय संस्थाले देशभर ६१ जिल्लामा रहेका १४५ वटा शाखा/उपशाखा र ९ वटा ईलाका कार्यालयमार्फत करिव २ लाख ६३ हजार भन्दा बढी विपन्न महिला सदस्यलाई समूहमा आवद्ध गराई बचत, कर्जा, विप्रेषण, लघुबीमा लगायतका अत्यावश्यक बैकिङ÷वित्तीय सेवा उपलब्ध गराउदै आएको छ ।

You might also like

Comments are closed.