wada auto show

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रू १ हजार र चाँदी तोलामा रू ३५ घटेको हो ।

बिहीबार प्रतितोला रू १ लाख ७६ हजारमा कारोबार भएको सुन आज प्रतितोला रू १ लाख ७५ हजारमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदी प्रतितोला रू १ हजार ९९५ मा खरिदबिक्री हुनेछ । आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार २७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

You might also like

Comments are closed.