wada auto show

नेपाल अडिटर्स एसोसियसन कास्कीको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गुणानिधि पाण्डे

कास्की । नेपाल अडिटर्स एसोसियसन (अडान) कास्कीको सातौँ अधिवेशन सकिएको छ । पोखरा पार्टी प्यालेसको सभाहलमा समितिका अध्यक्ष कमलबहादुर रेग्मीको अध्यक्षतामा अधिवेशन भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल अडिटर्स एसोसियसन केन्द्रीय अध्यक्ष केदारनाथ पौडेल, विशेषज्ञ समिति संयोजक सूर्यप्रसाद अधिकारी, प्रथम उपाध्यक्ष डा.डोलप्रसाद दाहाल, तृतीय उपाध्यक्ष झलकमणि लम्साल, नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाका पार्षद प्रदीपकुमार यादव, उपाध्यक्ष बिलबहादुर भुजेल, बहादुर सिंह बिष्ट, नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाका पार्षद द्धय हरिबहादुर कार्की र भरतकुमार श्रेष्ठ, केन्द्रीय सचिव शिवराज बराल र गण्डकी प्रदेश अध्यक्ष पदमबन्धु पोखरेलले लगायतले बोल्दै कार्यक्रम सफलताको शुभकामना दिएका छन् ।

कार्यक्रमको अवसरमा ज्येष्ठ सदस्य चिरञ्जीवी शर्मा अर्याललाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाको परिषदमा निर्वाचित परिषद सदस्य (पार्षद) झलकमणि लम्साल, प्रदीपकुमार यादव, हरिबहादुर कार्की र भरतकुमार श्रेष्ठलाई बधाई तथा शुभकामना दिइएको छ । कार्यक्रम सञ्चालन सचिव गुणानिधी पाण्डेले गरेका हुन् ।

बन्दसत्रमा सचिव पाण्डेले सांगाठनिक प्रतिवेदन र कोषाध्यक्ष मधुमान कतिलाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ । अधिवेशनले १३ सदस्यीय कास्की जिल्ला समिति चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा गुणानिधि पाण्डे चयन भएका छन् ।

You might also like

Comments are closed.