भद्रपुर (झापा) । चालु आर्थिक वर्षको ८ महिनामा काँकडभिट्टाबाट रु १२ अर्ब ७४ करोड १६ लाख मूल्य बराबरको पेट्रोलिय पदार्थ आयात भएको छ ।
गत आवको ८ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु ६४ करोड १७ लाख ५९ हजारले पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ । गत आवको ८ महिनामा रु १३ अर्ब ३८ करोड ३३ लाखको पेट्रोलियम पदार्थ आयात भएको थियो ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले पेट्रोलियम पदार्थको आयात घटे पनि राजस्व बढेको बताए । चालु आवका ८ महिनामा पेट्रोलिय पदार्थको आयातबाट रु ६ अर्ब १२ करोड ४२ लाख राजस्व सङ्कलन भएको छ ।
यो गत आवको सोही अवधिको तुलनामा ५ दशमलव ६ प्रतिशतले बढी हो । गत आवको ८ महिनामा रु ५ अर्ब ८० करोड १८ लाख राजस्व सङ्कलन भएको थियो ।
Comments are closed.