पोखरा । पोखराको पालिखेचोकस्थित प्रतिभा माविका १२ कक्षाका विद्यार्थीलाई शुक्रबार विदाई गरिएको छ । कक्षा १२ को अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि विदाई कार्यक्रम आयोजना गरिएको हो ।
कक्षा ११ का विद्यार्थीको संयोजनमा भएको कार्यक्रमको उद्घाटन विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले गर्दै अहिलेका लागि विदाई गरिएपनि विद्यालयसँगको सम्बन्ध अटुट रहेको बताए । प्राचार्य किरण सापकोटाले एकपटक प्रतिभा माविसँग सम्बन्ध जोडिएपछि विद्यार्थीको प्रतिभासँगको सम्बन्ध सधैका लागि रहिरहने बताए । प्रतिभामा बिताएको २ वर्षको अवधिले विद्यार्थीलाई मात्र नभई विद्यालयलाई पनि उर्जा मिलेको उनले बताए ।
कक्षा ११ का विद्यार्थी विशाल खत्रीले भविश्य उज्जवल बनाउनका लागि अग्रजले देखाएको बाटोले आगामी पुस्तालाई सहज हुने बताए । कक्षा १२ का समीर सुवेदीले प्रतिभाले शिक्षा मात्र नभई जीवन जिउने कला पनि दिएको बताएका छन् । सो अवसरमा कक्षा ११ का विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम देखाएका थिए ।
Comments are closed.