wada auto show

पाल्पाका किसानलाई चैते धान रोप्न चटारो

पाल्पा । आलु, गहुँलगायत बाली भित्र्याएका पाल्पाका किसानलाई चैते धान रोपाइँको चटारो थपिएको छ । यहाँका पूर्वखोला, रामपुर, रम्भा, निस्दीलगायत फाँटका अधिकांश किसान एक सातायता चैते धानको रोपाइँमा व्यस्त छन् ।

किसान हरियो धानको बीउ काँढ्न र रोप्नमा व्यस्त देखिन्छन् । सिँचाइ सुविधा भएकाले चैत र बर्खा गरी दुईपटक धान रोप्ने चलन रहेको छ । यहाँ फागुन महिनामा बीउ राखेर चैत महिनामा हिउँदे धान रोप्ने प्रचलन रहेको छ । यहाँका अधिकांश किसान वर्षाैंदेखि चैते धानमा आकर्षित हुँदै आएका छन् । पूर्वखोलावासीले घरको धान प्रयोग गर्न कात्तिक महिना नै कुर्न पर्दैन, असार साउनमा पनि नयाँ धान भित्र्याएर आम्दानी गर्न सक्छन् ।

पाल्पाका अन्य फाँटहरुमा पनि यतिबेला चैते धान रोप्ने चटारो छ । फागुन महिनामा बीउ राखेर चैत महिनामा हिउँदे धान रोप्ने चलन रहेको छ । पाल्पामा नियमित रुपमा कुलो लाग्ने र प्रसस्त पानी भएका खोला नालाका फाँटमा चैते धान रोप्ने गर्छन् । जिल्लामा धानबाली लगाइने फाँटमध्ये ६२० हेक्टरमा चैते धानको खेती गरिन्छ भने ७०० कृषकले चैते धान लगाउँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

हिउँदे धानखेती गरेपछि चामल किन्न नपर्ने यहाँँका किसानको भनाइ छ । बेमौसमी कृषि खेती गर्ने प्रचलन बढे पनि हिउँदे धान रोपाइँ भने परम्परादेखि हुँदै आएको हो । हिउँदे धानको उत्पादनले धेरै परिवारलाई राहत मिलेको छ । बाह्रैमास सिँचाइको सुविधा विस्तार गर्न सकेमा पाल्पाका अन्य फाँटमा पनि हिउँदे धान रोप्न सकिने हावापानी रहेकाले सरकारले सिँचाइ सुविधा उपलब्ध गराउन ध्यान दिन जरुरी छ । रासस

You might also like

Comments are closed.