पोखरा । पोखरा महानगरपालिका–२२ मा रहेकोे कोदी शान्ति टोल विकास संस्थाले ज्येष्ठ नागरिक सम्मान, नवबर्ष २०८२ को भित्तेपात्रो विमोचन एवम् शुभकामना आदानप्रदान कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. २२ का वडा अध्यक्ष हिमलाल बरालले कार्यक्रमको उद्घाटन गर्दै घरका आमाबुबालाई सम्मान गर्न, उहाँहरूको हेरचाह गर्न अनुरोध गर्दै बुबा आमाबाट असल संस्कार सिक्नुपर्ने बताए । वडाका सबै टोल विकास संस्थाहरुले आफ्नो विकासका काममा बिना भेदभाव बजेट वितरण गरिएको बताएका छन् । कार्यक्रम संयोजक संस्थाका सदस्य रामचन्द्र बरालले संस्थाको पहिलो कार्यक्रमलाई कसरी भव्य र सभ्य रुपमा सम्पन्न गर्ने भन्ने चिन्ता रहकोमा सबैको साथले भित्तेपात्रो प्रकाशन र सम्मान कार्यक्रम सम्पन्न गर्न सहज भएको बताउँदै आयव्यय प्रस्तुत गरे ।
सो अवसरमा पोखरा २२ की वडा सदस्य कृष्णकुमारी पौडेल देवकोटा, वडा अधिकृत रामप्रसाद पौडेल, कोदी पर्यटन बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बिष्णुहरी बराल, दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद शर्मा (अधिकारी), छोरेपाटन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवीन्द्रराज बराल, सदस्यको तर्फबाट पोतराज पौडेल, प्रगतिशील टोल विकास संस्थाका अध्यक्ष हेमराज बराल, पुम्दिभुम्दी कृषि सहकारी संस्थाका अध्यक्ष खेमराज बराल, सृजनशिल क्लबका अध्यक्ष राजु बराल, गणेश मिलन आमा समुहकी शान्ति बराल लगायतले बोल्दै शुभकामना दिएका छन् ।
कार्यक्रममा जेष्ठ नागरिकहरु वेलबहादुर खत्री, बालकुमारी गुरुङ, माइती श्री गुरुङ, लिलावती खत्री, मतिप्रसाद रेग्मी, डिल्लुदेवी रेग्मी, प्रेमप्रसाद रेग्मी, गुमादेवी रेग्मी, लीलाकुमारी पोख्रेल, धनमाया रानाभाट, अर्जुनबहादुर केसी, भाइरथी लामिछाने, कुलप्रसाद बराल, डिलमाया बराल, दुर्गा बराल, टेकनाथ लामिछाने, नरबहादुर गुरुङ, छोरेपाटन बचत तथा ऋण सहकारी संस्था, पुम्दिभुम्दी कृषि सहकारी संस्था, अध्यक्ष मीनबहादुर खत्री, गणेश मिलन आमा समुह, सृजनशिल युवा क्लब, उत्कृष्ट चन्दादाता निश्चल डेरीका सञ्चालक पितम देवकोटा, विज्ञापन दाता कोपिला बराल, सकृय समाजसेवी कुलबहादुर गुरुङलाई सम्मान गरिएको छ ।
कार्यक्रममा कवि हरिप्रसाद बरालले ज्येष्ठ नागरिकसंग सम्मानजनक व्यवहार गर्नुपर्ने सन्देश लिएको कविता वाचन गरेका हुन् भने सबिना लामिछाने, प्रशंसा पोख्रेल र स्वेच्छा बरालले नृत्य प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष आशिषकुमार बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष विकासराज बराल र सञ्चालन सचिव अमृता केसीले गरेकी हुन् ।
Comments are closed.