दमौली (तनहुँ) । आँबुखैरेनी गाउँपालिकाका ३ वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको छ ।
आँबुखैरेनी गाउँपालिका–५ स्थित भकुण्डी– बरालुङबेँसी सडक, सोही वडाको लाब्दी घुमाउने सडक, आँबुखैरेनी गाउँपालिका–३ स्थित आँबु सडकको काम अन्तिम चरणमा पुगेको हो । ती सडक रु ९१ लाख ३८ हजार २१२ विनियोजन गरेर काम थालिएको गाउँपालिकाका योजना शाखा प्रमुख उमाकान्त पौडेलले जानकारी दिए ।
भकुण्डी–बरालुङबँेसी सडकका निम्ति स्थानीयले रु १ लाख ६३ हजार ८२४ योगदान गरेका छन् । आगामी असार १५ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य छ । लाब्दी–घुमाउने सडकमा स्थानीयले रु सात लाख ७५ हजार ६५७ योगदान गरेका उनले जानकारी दिए ।
यसैगरी आँबु मार्गको स्तरोन्नति रु ५ लाख ३४ हजार ३८८ को लागतमा जारी छ । यो बाटोमा स्थानीयले रु ५४ हजार ३८८ योगदान गरेका छन् । रासस
Comments are closed.