पोखरा । पोखरा महानगरपािलका वडा नं ४, गैह्रापाटनमा रहेको कुमुदिनी होम्समा बधाई तथा शुभकामना कार्यक्रम भएको छ । कक्षा १२ का विद्यार्थीलाई बधाई दिदै शैक्षिक गन्तव्यको लागि शुभकामना दिइएको छ ।
कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले उनीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले आगामी दिनको यात्रालाई सहज बनाउन, लक्ष्य प्राप्ति गर्न सक्ने बनाउन र हौसला बढाउन विद्यालय र कक्षा ११ का विद्यार्थीको संस्कार रहेको बताए ।
कार्यक्रममा नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज पोखरामा स्थापना गरी बीबीए, बीबीए फिनान्स, बीएचएम र इएमबीएका कक्षाहरु सञ्चालन भइरहेको र धेरैले होटल म्यानेजमेन्ट लगायतका विषयमा चासो दिएको बताएका छन् । विद्यार्थी आरती क्षेत्रीले स्वागत गरेको कार्यक्रममा शिक्षक विकास ढुंगानाले आगामी शैक्षिक यात्राको काम गरेका छन् ।
कार्यक्रममा शिक्षक ईन्द्र बरालले कविता वाचन गरेको कार्यक्रममा कक्षा ११ विद्यार्थीले कक्षा १२ का विद्यार्थीलाई अध्यक्ष अशोक पालिखे, सहप्राचार्य मनबहादुर भुजेल, मुकेश अधिकारी, शिक्षक कृष्ण अधिकारी, विकास ढुंगाना, सञ्चालक मीना पालिखेसहित मायाको चिनो प्रदान गरिएको छ ।
सो अवसरमा वर्षको उत्कृष्ट आर्टिष्ट अवार्ड अविश्मा पालिखेलाई प्रदान गरिएको छ भने अविश्मा पालिखे, शिक्षक बिदुर भण्डारी र विद्यालयको व्याण्डले गीत गाएका थिए । विद्यार्थीले विविध गीतमा नृत्य प्रस्तुत गरेको विद्यालयले जनाएको छ ।
Comments are closed.