पोखरा । नेपाल सुनचाँदी व्यवसायी महासंघले १२ औं वार्षिक साधारण सभा २०८१ को अवसरमा अन्नपूर्णकर्मी ममता थापालाई पुरस्कारबाट सम्मान गरेको छ । पोखरामा आयोजित वार्षिक साधारण सभाको औपचारिक उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बरिष्ठ संवाददाता थापालाई नगदसहित सम्मान पत्र हस्तान्तरण गरेका हुन् ।
यससँगै, महासंघका अध्यक्ष अर्जुन रसाईली र वरिष्ठ उपाध्यक्ष एवं मूल समारोह समिति संयोजक दिवेशरत्न शाक्यले क्रमशः दोसल्ला ओडाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरेका छन् । यसअघि गत चैत १३ गते राष्ट्रिय डिजिटल मिडिया खोज पत्रकारिता अवार्ड–२०८१बाट सम्मानित भएकी थिइन् ।
अन्नपूर्णकर्मी थापासँगै गण्डकी प्रदेशबाट पत्रकार दिपेन्द्र श्रेष्ठलाई पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । दुई पत्रकारसँगै महासंघमा आवद्ध भएका सुनचाँदी व्यवसायीलाई समेत सम्मान गरिएको हो । सभामा महासंघको तर्फबाट प्रकाशित स्मारिका समेत विमोचन गरे ।
सभामा हालसम्मका उपलब्धिहरू, आगामी योजना र सुनचाँदी व्यवसायका विभिन्न आयामबारे गहन छलफल तथा विचार विमर्श भएको छ । सभा महासंघमा ८० जिल्ला तथा नगर, १ वस्तुगत संघ र २२ वटा एशोसिएट सदस्यसहित अतिथिहरु, पर्यवेक्षकहरु एवं सदस्यसमेत करिव ७ सय जनाको सहभागीता रहेको थियो ।
साधारण सभाको अवसरमा नेपाल सरकारका मन्त्रीहरु, सभाषद्हरु, नेपाल सरकारका सचिवहरु, विभिन्न सरकारी निकायका महानिर्देशकहरु, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्वर अफ कमर्श, नेपााल उद्योग परिसंघ लगायतका निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका प्रमुख लगायत सहभागी थिए ।
Comments are closed.