‘फोनिज’ पाल्पा अध्यक्षमा राना

रामपुर (पाल्पा) । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पाल्पाको अध्यक्षमा इमान सिं राना चयन भएका छन् । सोमबार भएको शाखाको पाँचौं अधिवेशनले रानाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

समितिको उपाध्यक्षमा एवत सारु, सचिवमा धनबहादुर ठाडा, सहसचिवमा मीना कुमाल, कोषाध्यक्षमा अनिल लिगल चुनिएको निर्वाचन समितिका संयोजक रेखीराम रानाले जानकारी दिए । उनका अनुसार समितिको सदस्यमा होम राई मगर, पुनाराम सुनारी, विमल कुमाल, रुपा थापा र प्रेमकान्छा राईलाई चयन गरिएको छ । बाँकी तीन सदस्य पछि मनोनयन गरिने बताइएको छ ।

केन्द्रीय प्रतिनिधिमा देव पचभैया, निवर्तमान अध्यक्ष रनबहादुर कुमाल, राजेन्द्र लिगल, मिनाकुमारी कुमाल र रुपा थापा, त्यस्तै प्रदेश प्रतिनिधिमा दानबहादुर हिस्की, दिलबहादुर गाहा, होम राई, प्रेमकान्छा राई र यमबहादुर थापा रहेका छन् । नवनिर्वाचित अध्यक्ष रानाले पाल्पाको पत्रकारिताको विकासका लागि संस्थागत रुपमा काम गर्ने र संस्थामा आबद्ध सदस्यलाई निरन्तर रुपमा सक्रिय पत्रकारितामा लाग्न पत्रकारिता सम्बन्धित विभिन्न कार्यक्रम गर्दै जाने प्रतिवद्धता जनाएका छन् ।

नवनिर्वाचित अध्यक्ष राना गोरखापत्र दैनिक, रेडियो पाल्पा, कटुवाल खबर डटकम लगायतका विभिन्न सञ्चार माध्यममा आबद्ध छन् । बिगत एक दशक अघिदेखि उनले पाल्पामा रहेर सक्रिय रुपमा पत्रकारिता गर्दै आएका छन् ।

You might also like

Comments are closed.