काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको एघारौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । कालीमाटी ब्याङ्क्वेट काठमाडौंमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष नविन सिलवालको अध्यक्षतामा साधारण सभा भएको हो ।
साधारणसभाले कम्पनीको चुक्ता पुँजीको १ ः ०.६५ को अनुपातमा हकप्रद शेयर निश्कासनको प्रस्ताव पारित गरेको छ । कम्पनीले यस अघि १ : १ को अनुपातमा हकप्रद शेयर जारी तथा निश्कासन गर्ने निर्णयलाई संशोधन गरी १ : ०.६५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव बार्षिक साधारणसभा पेश गरेको थियो ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ का वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण लगायत वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने र लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८१/८२ को लखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ ।
त्यसैगरी सभाले अन्य लगानी योग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने, हकप्रद शेयर निश्कासन लागि कम्पनीको अधिकृत तथा जारी पुँजी बृद्धि गर्ने, हकप्रद शेयर जारी तथा निश्कासन गर्ने कार्य गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज, कम्पनी रजिष्ट्रारको कार्यालय लगायत नियमनकारी निकायमा आवश्यक अभिलेखन कार्य गर्नका लागि कम्पनीको सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित भएको छ ।
यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधनहरु कम्पनी रजिष्ट्रार कार्यालयबाट स्वीकृत गराउने क्रममा आवश्यक थपघट वा परिमार्जन गर्न र नियामक निकाय तथा अन्य सरकारी कार्यालयबाट जारी नीति निर्देशन बमोजिम प्रबन्ध पत्र तथा नियमावलीमा परिमार्जन गर्नु परेमा सो सम्बन्धमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित भएको बताइएको छ ।
Comments are closed.