बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा रु ५ हजार ७०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु १ लाख ७५ हजार ४०० मा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला रु १ लाख ८१ हजार १०० कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

साथै चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला रु १ हजार ८३५ रहेको चाँदीको मूल्य आज प्रतितोला रु १ हजार ९०० पुगेको छ ।

You might also like

Comments are closed.