याडिया इलेक्ट्रिक स्कुटरले ल्यायो नयाँ वर्षमा १० हजार छुट अफर

काठमाडौं । नेपालमा याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल प्रालिले नयाँ वर्ष २०८२ को अवसरमा विशेष छुट अफर सार्वजनिक गरेको छ ।

नयाँवर्षको अवसर पारेर कम्पनीले आफ्ना सबै मोडलमा १० हजार बराबरको नगद छुट घोषणा गरेको छ । नेपाली बजारमा उपलब्ध याडियाका तीन मोडलमध्ये याडिया जी६ को मूल्य २ लाख ६० हजार छ । अब नयाँ वर्षको अफर अन्तर्गत सो स्कुटर २ लाख ५० हजारमा उपलब्ध हुनेछ ।

त्यसैगरी याडिया ई८एस इपोकको मूल्य २ लाख ३५ हजार रहेको छ । अब यसको मूल्य २ लाख २५ हजार र याडिया एम६एलको मूल्य १ लाख ७५ हजार रहेकोमा यसको मूल्य १ लाख ६५ हजार हुनेछ ।

याडिया स्कुटरहरू आधुनिक डिजाइन, बलियो प्रदर्शन र वातावरणमैत्री प्रविधिको लागि परिचित छन्, जुन आजको शहरी यात्रुका लागि उत्तम रोजाइ बन्न पुगेका छन् । यो अफर सीमित अवधिको लागि मात्र मान्य हुने कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.