काठमाडौं । ‘आफ्नै उत्पादन, आफ्नै बजार, समृद्ध किसान, समृद्ध राष्ट्र’ भन्ने मूल नारासहित स्थापित भर्गो एग्रो इन्डस्ट्रिज प्रालिले उत्पादन गरेको चामलको पहिलो बिक्री केन्द्र काठमाडौंको कलंकीमा स्थापना गरिएको छ । एक विशेष समारोह आयोजना गरी केन्द्र उद्घाटन गरिएको हो ।
भर्गो एग्रो इन्डस्ट्रिज घामखेती गुरु कम्पनी लिमिटेड र सौर्य कृषि कम्पनी लिमिटेडबाट प्रवर्तित संयुक्त लगानीको कृषि उद्योग हो, जसले कृषि उपजलाई स्थानीय उत्पादन र प्रशोधन प्रणालीमार्फत बजारमा पुर्याउने लक्ष्य लिएको छ । अब देशको दिगो विकास र समृद्धिको मेरुदण्ड उन्नत कृषि बन्नुपर्ने समय आएको कम्पनीका कार्यकारी अध्यक्ष गुरुप्रसाद न्यौपानेले बताए । लामो समयदेखि आफू नेपालको ऊर्जा क्षेत्रमा जोडिएको र अब कृषि क्षेत्रमा पनि नयाँ जोस–जाँगर साथ काम गर्ने उनको भनाइ छ ।
कम्पनीको उद्योग स्थल नवलपुरको गैडाकोट नगरपालिका–१४, अमरापुरीमा अवस्थित छ । अत्याधुनिक जापानी प्रविधियुक्त चामल प्रशोधन मेसिन प्रयोग गरी चामल उत्पादन हुँदै आएको छ । हाल कम्पनीले उत्पादन गरेको गुणस्तरीय चामल ‘मनास्लु’ ब्रान्डमार्फत बजारमा उपलब्ध गराइएको छ । उत्पादन र बिक्रीमा मात्रै होइन, किसानको प्रत्यक्ष हितमा जोड दिने योजना समेत अघि सारेको कम्पनीका प्रबन्ध निर्देशक मुकेशबाबु कार्कीले जनाए ।
भर्गो एग्रो इन्डस्ट्रिज प्रालिको यो पहलले स्वदेशी उत्पादनको प्रवद्र्धन र स्थानीय किसानको आयस्तर वृद्धिमा योगदान गदान पुर्याउने विश्वास गरिएको छ । कम्पनीले निकट भविष्यमा देशभरका प्रमुख सहरमा पनि यस्तै बिक्री केन्द्र स्थापना गर्ने योजना अघि सारेको छ ।
Comments are closed.