सुशीला रेग्मी
रामपुर (पाल्पा) । रामपुर वचत तथा ऋण सहकारी संस्थाले नयाँ वर्ष २०८२ सालको शुभकामना तथा अध्ययन अवलोकन भ्रमणको समिक्षा कार्यक्रम गरेको छ । संस्थाका अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षतामा कार्यालयको सभाहलमा कार्यक्रम भएको हो । नयाँ वर्षको एकापसमा शुभकामना आदानप्रदान गर्दै संस्थाको आयोजनामा गत चैत २१ देखि २६ गतेसम्म भएको अध्ययन अवलोकन भ्रमणको समिक्षा गरिएको अध्यक्ष रेग्मीले जानकारी दिए ।
अध्ययन अवलोकन भ्रमणको क्रममा गँैडाकोटमा रहेको विजय विकास वचत तथा ऋण सहकारी संस्था र हेटौडामा अवस्थित हातेमालो वचत तथा ऋण सहकारी संस्थाको गतिविधिसहित सिकाइ आदानप्रदान गरिनुका साथै विभिन्न स्थानका ऐतिहासिक, पर्यटकीय तथा धार्मिक क्षेत्रको अवलोकन कार्य भएको छ ।
जनकपुरमा अवस्थित जानकी मन्दिर, इलाम कन्यामस्थित चियाखेती, धरानस्थित बुढासुब्बा मन्दिर, दन्तकाली मन्दिर, श्रम स्मृती पार्क, सुनसरीको चतराधाम, बराह क्षेत्र, कोशी ब्यारेज, हेटौडाको शहीद स्मृति पार्क, दार्जिलिङ लगायतका क्षेत्रको अवलोकन गरिएको हो । नयाँ ठाउँको वस्तुस्थिति, विकास, धार्मिक, पर्यटकीय तथा ऐतिहासिक क्षेत्रको बारेमा धेरै ज्ञान सीप हासिल गरेको हुँदा अध्ययन अवलोकन भ्रमण राम्रो भएको सहभागीले निष्कर्ष निकालेका छन् ।
शुभकामना आदानप्रदान तथा समिक्षा कार्यक्रममा सहभागी संस्थाका सल्लाहकार नगिलाल पौडेल, उपाध्यक्ष बाबुराम श्रेष्ठ, कोषाध्यक्ष बन्दना पोखरेल, व्यवस्थापक गोविन्द पाठक, सञ्चालक समिति, विभिन्न उपसमिति लगायतले समग्रमा अध्ययन अवलोकन भ्रमणबाट सिकेका नयाँ कुरालाई अनुशरण गर्दै नयाँ वर्षको उमंग संगै नयाँ कार्यमा अगाडी बढ्न शुभकामना दिएका छन् । कार्यक्रमको सञ्चालन संस्थाका सचिव किर्तिनाथ श्रेष्ठले गरेका हुन् ।
Comments are closed.