पोखरा । नयाँ शैक्षिक सत्र सुरु भए लगत्तै कुमुदिनी होम्स माध्यमिक विद्यालयले शिक्षकको लागि शैक्षिक तालिम दिन थालेको छ । यो वर्षको पहिलो तालिम पाकिस्तानी नागरिक, दुबैबाट पोखरा आएका शिक्षाविज्ञ उमर फारुकले दिएका छन् ।
फारुक डाटावर्कस् एजुकेशनल रिसर्च एण्ड सटेप अप लर्निङ विज्ञ समेत रहेका उनले एन इन्टरएक्टिभ प्रोग्राम अन द पावर अफ वेल क्राफ्टेड एण्ड वेल टट लेसन शिर्षकमा तालिम दिएका हुन् । विद्यालयमा मन्टेश्वरीदेखि कक्षा ८ का शिक्षक र मावि तर्फका एचओडिको लागि पाकिस्तानबाट आएका शिक्षाविज्ञ उमर फारुकले शिक्षाको गुणस्तर बृद्धि र अब्बल विद्यार्थी उत्पादनका लागि आवश्यक पर्ने शैक्षिक क्षेत्र सम्बन्धि सहजिकरण गरेका छन् ।
विद्यालयले लिएको “संधै उच्च लक्ष्य” को आदर्शलाई आत्मसात् गर्दै नयाँ वर्ष २०८२ को आगमन तथा नयाँ शैक्षिक सत्रको भर्ना चलिरहेको बेला शैक्षिक प्रणालीलाई अझै मजबुत बनाउन तालिम आयोजना गरिएको संस्थापक अध्यक्ष अशोक पालिखेले जानकारी दिए । अध्यक्ष पालिखेले विद्यालयमा १२ वटै महिनामा शिक्षासंग जोडिएका विभिन्न कार्यक्रम गरिरहेको जनाए ।
विद्यालयमा यो वर्षदेखि हरेक शुक्रबार, महिनामा ४ दिन योगाका कक्षाहरु सञ्चालन गरिएको उनले बताएका छन् । कुमुदिनी होम्समा अहिले नर्सरीदेखि कक्षा ९ सम्मको प्रवेश परिक्षा सकेर भर्नाको कार्यक्रम चलिरहेको छ । समयमै विद्यार्थीहरु भर्ना गरेर सिट सुरक्षित गर्न अभिभावकलाई विद्यालयको आग्रह छ ।
Comments are closed.