सुनको मूल्य निरन्तर बढ्दो, एक तोलाको रु १ लाख ८६ हजार

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज एक तोला सुनको मूल्य रु १ लाख ८६ हजार कायम भएको छ ।

स्थानीय बजारमा यो मूल्य हालसम्मकै उच्च हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला रु १ लाख ८५ हजारमा कारोबार भएको सुन आज तोलामा रु १ हजार बढेको हो ।

आज प्रतितोला चाँदीमा रु ५५ वृद्धि भएको छ । आज एक तोला चाँदी १ हजार ९६० मा खरिदबिक्री हुनेछ ।

You might also like

Comments are closed.