श्रीराम सुवेदी/पोखरा । तनहुँ सम्पर्क समाज पोखरा तथा मातृभूमि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा महानगरपालिका–८, सृजनाचोकको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख अतिथि गण्डकी प्रदेश लोकसेवा आयोग कार्यालयकी सदस्य कल्पना लम्सालले एक जिल्लाबाट अर्को जिल्लामा आएर विभिन्न पेशा तथा व्यवसायमा संलग्न व्यक्ति, सामाजिक संस्थामार्फत एककिृत हुँदै गर्दा आफ्नो जन्मथलो र समाजको भावनालाई पुस्तान्तरण गरी अगाडि बढ्न आवश्यक रहेको बताइन् ।
आगामी दिनमा समाज मार्फत आफ्नो एकता र बौद्धिकतालाई प्रगतिशिल कार्यमा प्रयोग गर्न कोही पनि पछाडी पर्न नहुने बताउँदै समय समयमा आफ्नो जन्मथलोको नीति तथा योजनाको उचित ढंगले काम कारवाही अगाडी बढाउन हामी सबैले चासो र चिन्ता राख्न उपयुक्त हुने उनी बताउँछन् ।
कार्यक्रममा तनहुँ सम्पर्क समाज पोखराका पूर्व अध्यक्ष ईश्वरप्रसाद सुबेदीले समाज र सहकारी मार्फत समाजको उद्देश्य अनुरुप सबै तनहुँलाई एकिकृत गर्न सबैको भूमिका अपरिहार्य रहेको बताए । समाजकी अध्यक्ष भुवन पराजुली काफ्लेले समाज र सहकारीका मूल्य मान्यतालाई आत्मसाथ गरी सामाजिक उत्तरदायित्व मार्फत निरन्तर अगाडी बढ्ने बताइन् ।
अध्यक्ष काफ्लेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहकारीका सचिव बलराम गिरीले र स्वागत समाजका वरिष्ठ उपाध्यक्ष यामबबहादुर सुर्खालीले गरेका हुन् ।
Comments are closed.