शुभकामना आदानप्रदान तथा वार्षिक क्यालेण्डर वितरण

चितवन । चितवन अटोमोवाईल्स एसोसियसन र अटोमोवाईल्स वचत तथा ऋण सहकारी संस्था लिमिटेडले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा वार्षिक टेबल क्यालेण्डर वितरण कार्यक्रम भएको छ । नयाँ वर्षको अवसर पारेर एकापसमा शुभकामना व्यक्त गर्दै संस्थाको वार्षिक भित्तेपात्रो वितरण गरिएको छ ।

संस्थाका अध्यक्ष द्वय कुलबहादुर क्षेत्री (राजु) र कृष्णप्रसाद काफ्लेको संयुक्त अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि संस्थाका पुर्व अध्यक्ष रामकुमार पिया रहेका हुन् । कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष, सल्लाहकार, संस्थाका पदाधिकारी, कार्यसमिति सदस्य, सञ्चालक सदस्य, साकोसका व्यवस्थापक मुक्तिनाथ घिमिरे, कार्यालय सचिव नारायण सुवेदी लगायत विभिन्न उपसमितिका सदस्य सहभागी थिए ।

टेबल क्यालेण्डर प्रकाशन समितिका संयोजक एवम् संस्थाका कोषाध्यक्ष रामशरण भट्टराईसहित प्रकाशन समिति सदस्य र विज्ञापनदातालाई धन्यवाद दिइएको छ । कार्यक्रमको सञ्चालन चितवन अटोमोवाईल्स एसोसियसनका सचिव मोहन केसीले गरेका हुन् ।

You might also like

Comments are closed.