नेपाल वायुसेवा निगमद्वारा चैतसम्मको किस्ता भुक्तानी

काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज खरिद गर्दा लिएको ऋणको चैतसम्मको दायित्व भुक्तान गरेको जनाएको छ ।

निगमले अन्तरराष्ट्रिय उडानका लागि दुई वटा न्यारोबडी र दुई वटा न्यारोबडी जहाज खरिद गर्दा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो ।

“दुई वटा न्यारोबडीको चैतसम्मको पूरा किस्ता र दुई वटावाइबडीको आंशिक गरी रु ५३ करोड ९ लाख ५५ हजार २८१ भुक्तानी गरिएको छ”, निगमका प्रवक्ता सुवाष डाँगीले भने ।

You might also like

Comments are closed.