काठमाडौं । लायन्स इन्टरनेशनल डाइरेक्टर इन्डोर्सीमा पास्ट डिष्ट्रिक्ट गभर्नर धुब्रबहादुर थापा निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे, नेपालको तेस्रो महाधिवेशनबाट उनी लायन्स इन्टरनेशनल डाइरेक्टर इन्डोर्सीमा निर्वाचित भएका हुन् ।
त्यसैगरी लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे, नेपालको डिष्ट्रिक्ट गर्भनरमा मिलनबाबु मल्ल निर्वाचित भएका छन् । लायन्स क्लब काठमाडौं बनस्थलीका संस्थापक अध्यक्ष समेत रहेका मल्ललाई लायन वर्ष २०२५–२०२६ का लागि डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित गरिएको हो । तेस्रो महाधिवेशनबाट फस्ट भाइस डिष्ट्रिक्ट गर्भनरमा प्रजापति बास्तोला र सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा कुशप्रसाद मल्ली निर्वाचित भएका छन् । सत प्रतिशत मतसहित उनीहरु निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी नवनिर्वाचित डिष्ट्रिक्ट गर्भनर मल्लले डिष्ट्रिक्टको क्याबिनेट सचिवमा पुरुर्षोत्तम बस्नेत र कोषाध्यक्षमा देवी थापा गुरुङलाई मनोनित गरेका छन् । डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित भएपछि मल्लले आफूलाई यो ठाउँसम्म ल्याइ पुर्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिदै संस्थाको हितमा रहेर रचनात्मक कार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गर्ने गरी आफ्नो कार्यकालमा सेवाका कामहरुलाई प्राथमिकता दिने उनको भनाइ छ । छिट्टै डिष्ट्रिक्टको वार्षिक कार्यक्रम सार्वजनिक गर्ने उनले जनाएका छन् । वर्तमान डिष्ट्रिक्ट गभर्नर मिलन थापाको सभापतित्वमा कार्यक्रम भएको हो । डिष्ट्रिक्टले सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।
Comments are closed.