कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको जनाएको छ । परीक्षा बोर्डको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।

परीक्षा नरोकिने र निर्धारित मितिमै परीक्षा हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कतिपयले कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका गरेका थिए ।

सबै जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने बोर्ड बैठकको निर्णय छ ।

You might also like

Comments are closed.