सुनको मूल्य तोलामा ७ हजार ५ सयले घट्यो

काठमाडौं । सुनको मूल्य तोलामा रू ७ हजार ५ सयले घटेको छ ।

मङ्गलबार स्थानीय बजारमा हालसम्मकै उच्च अर्थात् प्रतितोला रू १ लाख ९७ हजार ९ सय पुगेको सुनको मूल्य आज घटेर रू १ लाख ९० हजार ४ सयमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला रू पाँचले घटेर रू १ हजार ९६५ मा कारोबार हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ३४५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

You might also like

Comments are closed.