पोखरा । संस्कृति टोल विकास समितिको अध्यक्षमा महेन्द्र भुर्तेल निर्विरोध निर्वाचित भएका छन् । पोखरा महानगरपालिका–१४, स्थित संस्कृति टोल विकास संस्थाकोे दोस्रो अधिवेशनले भुर्तेलको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा रमेश शर्मा, सचिवमा दुर्गा न्यौपाने, कोषाध्यक्षमा पुजा अधिकारी र सहसचिवमा सविन तिवारी रहेका छन् । सदस्यहरुमा निलम गुरुङ, नरबहादुर गुरुङ, तिर्थमाया गुरुङ, उमा रोका, सरिता पौडेल, सरस्वती सारु, युधिष्ठिर रायमाझि, हेमलाल सुनार, विष्णुदत्त कंडेल, थौमाया गुरुङ, विष्णु भुषाल र पुरुषोत्तम पौडेल छन् ।
अध्यक्ष भुर्तेल पोखरा महानगरपालिका १० स्थित सेगा कम्प्युटर नामक संस्था १९ वर्षदेखि चलाउदै आएका छन् । धेरै संस्थामा आबद्ध भुर्तेलले टोल सफल भए वडा, वडा सफल भए पालिका र पालिका सफल भए सिंगो देश सफल हुने भएकाले टोलको विकासमा आफू लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।
शेरबहादुर रानाको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचनमण्डलले भुर्तेलको अध्यक्षतामा सर्वसम्मत रुपमा कमिटी गठन गरेको हो । सदस्यहरुमा डा. रामजी शर्मा र विष्णु शर्मा रहेका थिए । संस्थाको साधारण सभा तथा अधिवेशन शनिबार पोखरा महानगरपालिका १४ का वडाध्यक्ष बोधराज कार्कीले उद्घाटन गरेका हुन् ।
वडालाई महानगरमा नै उत्कृष्ट बनाउन सबै टोलबासीको सहकार्य आवश्यक रहेको उनले बताए । साधारण सभामा संस्थाको वार्षिक प्रतिवेदनका साथै आर्थिक प्रतिवेदन पेश गरी सर्वसम्मत पारित गरिएको छ ।
Comments are closed.