काठमाडौं । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु १ लाख ८९ हजार ७०० कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोही परिमाणको चाँदी आज रु १ हजार ९९० मा खरिदबिक्री भइरहेको छ ।
गत शुक्रबार एक तोला सुन रु १ लाख ८९ हजार ६०० मा कारोबार भएको थियो भने त्यति नै परिमाणको चाँदी रु २ हजारमा किनबेच भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस सुन ३ हजार ३१८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
Comments are closed.