लायन्स क्लब पोखरा ब्लु स्काईको नेतृत्वमा गिरी

पोखरा । लायन्स क्लब अफ पोखरा ब्लु स्काइको अध्यक्षमा दिपकराज गिरी निर्वाचित भएका छन् । लायन बर्ष २०२५/२६ को लागी अध्यक्षमा शनिबार भएको निर्वाचनबाट गिरी अध्यक्षमा निर्वाचित भएका हुन् । गिरी सफलन्यूज डटकमका सम्पादक हुन् ।

क्लबको प्रथम उपाध्यक्षमा लोककुमारी क्षेत्री, सचिवमा निर्मल पौडेल र कोषाध्यक्षमा रञ्जु गुरुङ निर्वाचित भएका छन् । क्लबका अन्य पदाधिकारी, सदस्य र विभाग प्रमुखहरू भने बैशाख १९ गते टुङ्गो लगाइने क्लबले जनाएको छ ।

रिजन चियर पर्सन तथा क्लबका सस्थापक अध्यक्ष युवराज पौडेलले क्लबलाई दिगो राखी सामाजिक काममा अगाडि बढ्न नयाँ टिम अब्बल रहेको बताए । बिगतमा क्लबले गरेको कामहरु निकै प्रभावकारी रहेकाले आगामी दिनमा समेत क्लबलाई उत्कृष्ट बनाउन पौडेलले आग्रह समेत गरे ।

क्लबका पुर्व अध्यक्ष हरि बरालले क्लबले दीर्घकालीन कामलाई प्राथमिकता राखेर काम गर्न जोड दिए । अर्का क्लबका पुर्व अध्यक्ष कमल सुबेदीले क्लबलाई सामाजिक काममा अगाडि बढाउन आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वर्ष २०२४/२५ की अध्यक्ष बिन्दु शर्मा पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन समितिका संयोजक दिपक अधिकारी, रन्जु गुरुङ, निर्मल पौडेल, रामहरि तिवारी लगायतले बोल्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका छन् ।

You might also like

Comments are closed.