काठमाडौं । नेपालका लागि केई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी ई–मोबिलिटी र जिओ अटोमोबाईल ‘मस्ट प्रमिसिङ पार्टनर’ अवार्डबाट सम्मानित भएको छ ।
चीनको यिविनमा भएको केई अटो ग्लोबल कन्फरेन्स अवार्ड समारोहमा दुवै कम्पनी सो अवार्डबाट सम्मानित भएका हुन् । लक्ष्मी ई–मोबिलिटीको तर्फबाट लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकर श्रेष्ठ र जीओ अटोमोबाईलको तर्फबाट प्रबन्ध निर्देशक आकाश गोल्छाले अवार्ड ग्रहण गरे । अवार्ड समारोहमा ५० बढी क्षेत्रीय डिस्ट्रीब्युटर्सको सहभागिता थियो ।
नयाँ प्रविधि र ग्राहकमैत्री सेवाको क्षेत्रमा गरेको योगदान तथा इलेक्ट्रीक गाडीको प्रवद्र्धनमा देखाएको अग्रगामी भूमिकालाई अवार्ड दिइएको कम्पनीले उल्लेख गरेको छ । केई मोटर्स सन् २०१४ मा चिनियाँ अटोमोटिभ कम्पनी चेरी होल्डिङ ग्रुपको सहयोगमा स्थापना गरिएको थियो । केईले एसयूभी, क्रसओभरका साथै विद्युतीय गाडी उत्पादन गरेको छ ।
Comments are closed.