निःशुल्क स्वास्थ्य शिविरबाट विद्यार्थी तथा स्थानीय लाभान्वित

काठमाडौं । रोटरी काठमाडौं हेरिटेजको आयोजनामा निःशुल्क स्वास्थ शिविर भएको छ । काठमाडौंको गुहेश्वरीस्थित बाल सारथी एकेडेमीमा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा एकेडेमीका विद्यार्थी र स्थानीयसहित २५० जनाले सेवा लिएका छन् । शान्ति सेवा गृहको स्वास्थ्यकर्मीको सहयोगमा भएको शिविरमा रगत, स्वास्थ्य, दन्त परीक्षण, फिजियोथेरापी तथा विभिन्न रोगको परीक्षण पश्चात् जुकाको औषधी, लिटो, सातु, दन्त मन्जन, ब्रश तथा औषधी वितरण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि टोल सुधार समितिका अध्यक्ष हरी पाण्डेले शिविरबाट विद्यार्थी तथा स्थानीयलाई फाइदा पुगेको हुँदा यस्ता खालका शिविर आयोजना गर्न सुझाव दिएका छन् । रोटरी क्लब अफ काठमाडौं हेरिटेजका चार्टर्ड प्रेसिडेन्ट हेमाकुमारी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्लबका सचिब डा. बुद्धि मल्लले गरेका हुन् ।

क्लबले यसअघि क्यान्सर सचेतना तथा अन्य क्लबसंगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिसकेको छ । शिविरको संयोजन क्लबका मेम्बरसिप चेयर डा. माला खरेले गरेका हुन् ।

 

You might also like

Comments are closed.