जनकपुरमा सहकारी सफ्टवेयर सम्बन्धी अन्तर्क्रिया

जनकपुरधाम । सहकारी संस्थाहरुमा प्रविधिमा आधारित सेवा सञ्चालन तथा सफ्टवेयरको प्रयोगबारे मधेस प्रदेशका सहकारीकर्मीबीच अन्तर्क्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

फिनएक्स को–अपरेटिभ सफ्टवेयर निर्माण कम्पनी जिनव इंन्क प्रालीको आयोजनामा जनकपुरधाममा भएको कार्यक्रममा मधेस प्रदेशका एक सय भन्दा बढी सहकारी संस्थाका अध्यक्ष, सञ्चालक, व्यवस्थापकको सहभागिता रहेको थियो । कार्यक्रममा सहकारी संस्थामा आधुनिक प्रविधिको प्रयोग, सफ्टवेयर छनोट गर्ने आधार र यसबाट हुने फाइदाबारे छलफल गरिएको छ ।

अन्तर्क्रियालाई सहजिकरण गर्दै सहकारीबिज्ञ किरण पौडेलले सहकारी संस्थाहरुमा प्रविधिको प्रयोग र उपयुक्त सफ्टवेयरको छनोट लगायतका विषयमा सहजिकरण गरेका हुन् । सहकारीकर्मीलाई सफ्टवेयर छनोट गर्दा क्लाउड बेस, सहकारी ऐन, नियमसँग तथा मापदण्डसँग नबाँझिने, थर्ड पार्टी एप्लिकेशन नचाहीने, नियामकको निर्देशन पालना गर्न र रिपोटिङ गर्न सहज हुने जस्ता विशेषता हेर्न उनको सुझाव छ ।

कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघका सञ्चालक नथुनी यादवले सहकारीको विकास र विस्तारका लागि सहकारी ऐन र कानुनको पुर्ण पालना र पार्दर्शीतामा जोड दिनुपर्ने बताए । सहकारी संस्थाले गरिबी निवारण, बेरोजगारी समस्याको समाधान र समाजको आर्थिक विकासमा खेलेको भुमिकाबारे विश्लेषण गर्दै उनले सहकारीप्रतिको नकारात्मक भावना हटाउन पनि आग्रह गरे ।

मधेस प्रदेशका सहकारी रजिस्ट्रारको कार्यालयका अधिकृत वाशुदेव भट्टले सहकारीमा भएको समस्या हटाउन एवं सुशासन कायम गर्न सफ्टवेयरको प्रयोगबाट ठुलो सहयोग पुग्ने बताएका छन् । कार्यक्रममा राष्ट्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामनगिना राउत, समाजसेवी कृष्ण दिक्षित तथा स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाका प्रमुख व्यवस्थापक विनोद थापाले पनि सहकारीको क्षेत्रको बारेमा धारणा राखेका छन् ।

गत साउनदेखि ‘फिनएक्स को–अपरेटिभ सफ्टवेयर’ नामबाट सञ्चालनमा रहेको सफ्टवेयरको सेवा हाल ५ सय वटा भन्दा बढी संस्थाले प्रयोग गरिरहेका छन् । कोशी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले जारी गरेको ‘सहकारी संस्थामा एप्लिकेशन सफ्टवेयर प्रयोग सम्बन्धी कार्यविधि–२०८१’ ले तोकेको मापदण्ड पुरा गरी सूचिकृत भएको सफ्टवेयरमा कोर बैंकिङकका अतिरिक्त कर्जा लगानी प्रक्रिया सम्बन्धी विस्तृत मोडल, गो एएमएल, कोपोमिस, पल्स मनिटरिङलगायत नयाँ सुविधाहरु छन् ।

यस्तै सफ्टवेयरमा क्युआर कोड भुक्तानी तथा फर्छौट, मिस्डकलमार्फत मोवाईल रिचार्ज, बैंकबाट सहकारीमा र सहकारीबाट बैंक खातामा रकम ट्रान्सफर, इसेवा खल्तीलगायतका वालेटहरुमा रकम ट्रान्सफर र वालेटबाट सहकारीको खातामा रकम ट्रान्सफर, एटीएम, इ टेलरलगायतका आधुनिक सुविधा उपलब्ध छन् ।

You might also like

Comments are closed.