रामपुरमा ज्येष्ठ नागरिक संघ गठन

रामपुर (पाल्पा) । रामपुर नगरपालिका–४ पाल्पामा ज्येष्ठ नागरिक संघ गठन भएको छ । वडा कार्यालय देविस्थानमा बसेको ज्येष्ठ नागरिकको भेलाले एकबहादुर नेपालीको अध्यक्षतामा १३ सदस्यीय ज्येष्ठ नागरिक संघ गठन गरेको हो ।

समितिको उपाध्यक्षमा आइसा मिया, सचिवमा प्रेमबहादुर पोखरेल, कोषाध्यक्षमा धनबहादुर राना रहेका छन् । सदस्यहरुमा लुकबहादुर विरकट्टा, रहमत अलिमिया, ओपबहादुर खाँण, लोकबहादुर क्षेत्री, दिलबहादुर कौसी, गिरमान श्रेष्ठ, चेतबहादुर राना, तेजबहादुर दमै र ताराबहादुर सोतीलाई चयन गरिएको छ ।

बैठकका प्रमुख अतिथि ज्येष्ठ नागरिक संघ पाल्पाका अध्यक्ष देवराज ढकालले ज्येष्ठ नागरिकको अधिकारका लागि संघले पहल गर्दै आएको बताए । वडाध्यक्ष रामबहादुर रानाले ज्येष्ठ नागरिक अनुभवको भण्डार रहेको भन्दै उहाँहरुको अनुभव र सल्लाह अनुसार वडाले आफ्ना गतिविधि सञ्चालन गर्दै आएको बताएका छन् ।

कार्यक्रममा निर्वतमान वडाध्यक्ष एकबहादुर नेपाली, ज्येष्ठ नागरिक संघ रामपुर ६ का अध्यक्ष कृष्णप्रसाद अर्यालले आफ्ना भनाइ राखेका छन् । वडाध्यक्ष रानाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यपालिका सदस्य सिमादेवी थापा र वडा सचिव सविता आलेको सञ्चालनमा कार्यक्रम भएको हो ।

You might also like

Comments are closed.